२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


डा.केसीको अनशन स्थगित, अवरोध गर्न राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन सफल


0
Shares

आफ्नो एघारौँ अनशन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लाग्नुभएका डा.केसी अब सिरडी साई मन्दिर घोराहीमा अनशन बस्नेछन् ।

आइसियुको अभाव देखाउँदै अनशन रोक्ने मागसहित शनिबार (आज) बिहान प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेलाई गुहार्न पुगेको अस्पताल प्रशासनले शौचालयको समस्या देखाउँदै अस्पतालमा बस्ने भनिएको डा.केसीको अनशनस्थल परिवर्तन गर्न सफल भएको हो ।

आफ्ना माग पूरा नहुँदासम्म काठमाडौं नफर्कने भन्दै दाङ आइपुगेका डा.केसीले आइतबार (भोलि) दिउँसो २ बजेसम्मका लागि अनशन राकेका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले भोलि २ बजेसम्मका लागि समय माग गरेपछि शनिबार (आज) अपराह्न ४ बजेबाट सुरु गर्ने भनिएको अनशन भोलिसम्मका लागि रोकिएको डा.केसीका सहयोगी डा सुमन आचार्यले जानकारी दिए । रासस