
काठमाडौंको लगनटोलस्थित शाक्यको घरमा आइतबार बिहानैदेखि शुभकामना दिन आउनेहरुको भीड थियो । नवनिर्वाचित प्रमुख शाक्यका परिवारजहरुलाई अतिथिको स्वागत गर्न भ्याइ–नभ्याइ थियो ।
शाक्य बोलेको कुरा पूरा गर्ने स्वाभावको व्यक्ति भएको उनकी श्रीमती सुजिता शाक्यले बताइन् ।
यसअघि, दुईपटक वडाध्यक्ष भइसकेका शाक्य महानगरको मेयरमा विजयी भएपछि टोलवासीमा पनि उत्तिकै खुसी छाएको छ । आफ्नो टोल–छिमेक र वडाकोमात्रै नभइ सिंगो महानगरको विकास हुनेमा उनीहरु विश्वस्त देखिएका छन् ।
२०२० साल जेठ ९ गते स्वर्गीय मंगलशोभा शाक्य र हेरारत्न शाक्यको कान्छो छोराकोरुपमा जन्मिएका विद्यासुन्दर शाक्यले बिकमसम्मको अध्ययन गरेका छन् ।
२०४७ सालदेखि राजनीतिमा सक्रिय शाक्यले २०४९ र २०५४ सालको स्थानीय चुनावमा काठमाडौंको वडा नम्बर–२१ को अध्यक्ष निर्वाचित भएका थिए । दुईपटक वडाध्यक्ष भएर काम गरेको अनुभव भएपनि महानगरको प्रमुखको जिम्मेवारी कम चुनौतीपूर्ण नभएको नवनिर्वाचित प्रमुख शाक्य बताउँछन् ।
सरल स्वभावका मेयर शाक्यले काठमाडौंलाई धुवाँ–धुलोमुक्त बनाउनु नै पहिलो काम भएको भन्दै प्रशासनिक ढिलासुस्तीलाई छिटो–छरितो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्