२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बेलायतमा ‘सुपर वास्प’ बारुलाको आक्रमणको चिन्ता, सर्तक रहन आग्रह


0
Shares

बेलायतीहरुले प्रायः आफ्ना घर वरिपरि बगैंचा निर्माण गर्ने भएकाले सुपर वास्पलाई नजिस्काउन र उनीहरुबाटै टाढै बस्न सचेत गराइएको हो ।

आधा इन्च लामो शरीर हुने ‘सुपर वास्प’ यो बारुलाको मुखमा तीनओटा कालोधब्बा हुने भएकाले यसलाई सजिलै चिन्न सकिने ‘डेलिमेलले उल्लेख गरेको छ ।

बेलायती विशेषज्ञहरुले हाल तापक्रममा आएको वृद्धिसँगै पहेंलो ज्याकेट लगाएकोजस्तो देखिने बारुलाको प्रजनन् क्षमता बढेको उल्लेख गरेका छन् ।

उन्नत कीट व्यवस्थापनका विज्ञ इयान उरकुहार्टले ‘द सन’ पत्रिकालाई बताएअनुसार जाडोमा आलस्य भएर बस्ने केही किराहरु गर्मीका कारण सक्रिय भइ आफ्नो आहारा खोज्नका लागि हिँडेका हुन्छन् । साथै, बाहिरको तापक्रमले उनीहरु हिंस्रक बन्न सक्छन् । उनले भने–‘यस्तो समयमा उनीहरुको प्रजनन् क्षमतासमेत बढ्ने गर्दछ ।’

उरकुहार्टकाअनुसार यो वर्षको हिउँदमा ‘सुपर वास्प’ले धेरै मानिसलाई सताउन सक्छ । एकैजनालाई पटक–पटक चिलेमा मानिसको मृत्युसमेत हुन सक्छ ।

विज्ञहरुले ती बारुला भगाउन माहुरीलाईझैं धुवाँ वा अरु कुनै ‘स्प्रे’ले जिस्काउने कार्य नर्गनसमेत आग्रह गरेको छ ।

नेचरपोस्ट’ बेलायतले जारी गरेको सूचनामा ती बारुलाको टाउकोमा दुईओटा कालो एन्टेनाजस्तो सिङ हुने, मुखमा तीनओटा कालोधब्बा हुने र पहेंलो रङको देखिने जनाएको छ ।

यो वर्ष धेरै मानिस बसोबास गर्ने दक्षिण र पूर्वी–मध्य बेलायतमा बढी देखिने भन्दै सबै नागरिकलाई सर्तक गराइएको छ ।