Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बार्सिलोना र एथ्लेटिको बिल्बाओ बराबरीमा, अंक बाँडे


0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा बार्सिलोना र एथ्लेटिको बिल्बाओले गोलरहीत बराबरीमा खेल्दै अंक बाँडेका हुन् ।

एथ्लेटिको बिल्बाओको मैदानमा भएका खेलमा बार्सिलोनाले केही उत्कृष्ट गोलको अवसर खेर फालेपछि खेल बराबरीमा टुंगिएको हो ।

बिल्बाओसँगको बराबरीसँगै बार्सिलोना शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ । तर, बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ५ अंकले अघि छ । 

बार्सिलोनाको २३ खेलबाट ५१ अंक छ । रियलको समान खेलबाट ४५ अंक छ । २७ अंक जोडेर बिल्बाओ १३ औं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा लेगानेसले रियल बेटिस्लाई ३–० गोलले पराजित गरेको छ ।

भ्यालेन्सिया र रियल सोसिडाडले गोलरहीत बराबरी खेल्दा सेभिल्ला र आइबारले पनि २–२ गोलको बराबरी खेलेका छन् ।