Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त


0
Shares

जिल्ला कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिए ।

कारागारमुक्त हुनेमा धुलिखेलका चन्द्र मानन्धर, कुशादेवीका ज्याम्बल लामा, रामेछापका टीका नगरकोटी, र्‍याले, काभ्रेपलाञ्चोकका दिनेश श्रेष्ठ, सस्यूखर्कका फौदबहादुर थपलिया, महाँकालचौरका बाबु भन्ने भीमबहादुर तामाङ, कोशीदेखाका मनोज तामाङ, गोरखाका मानबहादुर महत, बनेपा, जनागालका राधेश्याम श्रेष्ठ, सर्लाहीका रुपबहादुर विश्वकर्मा, सिन्धुपाल्चोकका वासुदेव भण्डारी, काभ्रेपलाञ्चोकका शिव तामाङ, धुलिखेलका शैलेन्द्र पराजुली, काभेपलाञ्चोककै सुवास तामाङ रहेका छन् ।

जेलमुक्त भएकामा अधिकांश बहुविवाह मुद्दाका छन् । बहुविवाहका छ, कर्तव्य ज्यान मुद्दाका चार, डाँका मुद्दाका दुई र सवारी ज्यान मुद्दाका दुई जना छन् । ती बन्दी विसं २०६५ देखि बन्दी जीवन बिताइरहेका थिए । रासस