६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


दोस्रो चरणको चुनावका लागि आजदेखि निर्वाचन अधिकृतको कार्यालय संचालन


0
Shares

चुनाव हुने ४ सय ६१ तहमध्ये ४ सय २० तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र बाँकी तह जिल्ला सदरमुकाममा रहेकाले ४१ ठाउँमा मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन अधिकृतको पनि भूमिका निर्वाह गर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले यही २८ गतेदेखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ ।

त्यसैगरी मतदान केन्द्रमा मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिने आयोगले जनाएको छ ।