बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्री घाइते « Image Khabar


बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्री घाइते


Imagekhabar
१५ जेष्ठ २०७४, सोमबार १४:११

विराटनगरबाट काठमाडौं जाँदै गरेको ना४ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना१ख ५०६७ नम्बरको बसले उछिन्नेक्रममा ठक्कर दिँदा ना१ख ५०६७ नम्बरको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सो बसमा सवार सिन्धुली दुधौली नगरपालिका–७ निवासी चन्द्रबहादुर बुढाथोकी र उदयपुरको कटारी नगरपालिका–४ निवासी मिलन थापालगायत दुई दर्जन घाइतेको मिर्चैयास्थित मंगलम रेखा नर्सिङ होममा उपचार भइरहेकोे छ । रासस

प्रतिक्रिया दिनुहोस्