२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दोस्रो चरणको निर्वाचन सर्‍यो, असार ९ गते निर्वाचन गर्ने सरकारको निर्णय


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको निर्वाचन आगामी असार ९ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय जनता पार्टी नेपाललगायतका मधेसकेन्द्रित दलहरुलाई दल दर्ता र निर्वाचन चिह्न प्रदानको समय दिने उद्देश्यले निर्वाचन सार्ने निर्णय गरिएको सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

निर्वाचनको नयाँ मिति तोक्नुअघि निर्वाचन आयोगका पदाधिकारीसँग पनि परामर्श गरिएको जनाइएको छ ।

सरकारले यसअघि दोस्रो चरणको स्थानीय तह निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरेको थियो । दोस्रो चरणमा ४६१ स्थानीय तहमा निर्वाचन हुनेछ । पहिलो चरणमा २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ ।

मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७४/०७५ को बजेटलाई पारित पनि गरेको छ ।