Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


राष्ट्रिय योजना आयोगद्वारा आव २०७४/७५ को बजेट पारित


0
Shares

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सन्चारकर्मीलाई जानकारी दिए ।

‘बजेटका लागि के–के कार्यक्रम राख्ने भनी आयोगको पूर्ण बैठकले पारित गरेको छ, १४औं योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसंघले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ, संविधानमा स्थानीय तहलाई संघीय संरचनाअनुसार दिएको कामलाई बजेटले सरल बनाइदिएको छ’–उनले भने ।

आयोगले पारित गरेको बजेट मन्त्रिपरिषदको बैठकले अनुमोदन गरी सोमबार अपराह्न ४ बजे बस्ने व्यस्थापिका–संसदको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत् गर्ने कार्यक्रम छ । रासस