१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य


0
Shares

                                                                                    फाइल फोटो
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका–संसद बैठकमा आगामी वर्षको बजेट प्रस्तुत् गर्दै यो लक्ष्य सार्वजनिक गरेका हुन् ।

उनले बूढीगन्डकी जलविद्युत् आयोजनाका लागि १० अर्ब १७ करोड रुपैयाँ रकम विनियोजन गरेको घोषणा गरे ।

यस्तै, उनले माथिल्लो तामाकोसीका लागि ५० करोड रुपैयाँ रकम छुट्याएको जानकारी गराए ।

आगामी आर्थिक वर्षमा जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखिएको छ ।

साथै, ‘पम्प स्टोरेज’को सम्भाव्यता अध्ययनसमेत अघि बढाइने भएको छ ।