
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार (आज) आगामी आवको बजेट प्रस्तुत गर्दै मुलुकमा आर्थिक परिचालनमा उल्लेख्य प्रगति भई तीव्र आर्थिक विकास हुने जिकिर गरे ।
उनले बजेट प्रस्तुत भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुदृढीकरणबाट मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने उल्लेख गरे ।
बजेटले सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छ ।
बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार र चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्थमन्त्री महराले बताए । रासस
प्रतिक्रिया दिनुहोस्