२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सहमतीय सरकारको गठनका लागि देउवाले बोलाए सर्वदलीय बैठक


0
Shares

कांग्रेस सभापति देउवाले सहमतीय सरकारको गठनका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसद भवन बानेश्वरमा बसिरहेको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दलका नेता सहभागी छन् ।

बैठकमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले बिहीबार सहमतीय सरकारका लागि सात दिनको समय दिएकी थिइन् ।

राष्ट्रपतिले दिएको सहमतीय सरकार गठनको समयसीमा बुधबार सकिँदैछ ।