बन्दीपुरबाट ११ वटा हिमालको दृश्यावलोकन, पर्यटकको घुईंचो लाग्यो « Image Khabar


बन्दीपुरबाट ११ वटा हिमालको दृश्यावलोकन, पर्यटकको घुईंचो लाग्यो


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार ०९:२७

पहाडकी रानीको उपमा पाएको बन्दिपुरका स्थानीय यहाँ आउने पर्यकटको स्वागतमै व्यस्त भएका छन् ।

बन्दीपुरबाट ११ वटा हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकहरु बढी आकर्षित हुने गरेका छन् ।

बन्दीपुरलाई पर्यटकको केन्द्रका रुपमा विकास गर्न प्याराग्लाइडिङ र रक क्लाइम्बिङको पनि सुविधा उपलब्ध गराइएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष बयस गुरुङले जानकारी दिए ।

बन्दिपुरमा अहिले ५७ वटा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । अधिकांश होटल तथा रेस्टुरेन्टमा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ ।

बन्दीपुरमा कोरिया, फ्रान्स, जर्मनी, थाइल्यान्डलगायतका देशका पर्यटक बढी पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्