माओवादी एजेन्डामा मुलुक अघि बढ्यो: पूर्वमन्त्री भट्ट « Image Khabar


माओवादी एजेन्डामा मुलुक अघि बढ्यो: पूर्वमन्त्री भट्ट


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार ०९:५३

सोमबार साँझ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेकपा (माओवादी केन्द्र) कञ्चनपुरद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टले अहिले मुलुक माओवादीकै एजेन्डामा प्रवेश गरेको बताए ।

माओवादीले जनयुद्धका बेला अघि सारेका एजेन्डा कार्यान्वयन भइरहेको नेता भट्टले बताए ।

नयाँ संविधान, धर्मनिरपेक्षता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, आर्थिक सामाजिक रुपान्तरण माओवादीकै एजेन्डा भएकाले अहिले स्थानीय तहको निर्वाचनमार्फत कार्यान्वयन भइरहेको नेता भट्टले उल्लेख गरे ।

सफलरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उनले मधेस केन्द्रित दललाई समेत दोस्रो चरणमा हुने निर्वाचनमा सहभागी गराएर सबै समूहलाई संविधानको सर्वस्वीकार्यता गराउनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्