
एमालेले तत्काल मतगणना सुरु गर्न मागसहित प्रदर्शन गरेको हो । नारायणगढको पुल्चोकबाट एमालेले निकालेको र्याली मतगणनास्थल भरतपुरका कभर्ड हलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागी एमाले नेता तथा कार्यकर्ताहरुले मतपत्र च्यात्नेलाई कारबाही गर्न मागसमेत गरेका छन् । उनीहरुले पुनः मतदान गर्न खोजिए प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् ।
यसअघि भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटना छानविन गर्न निर्वाचन आयोगले एउटा समिति बनाइसकेको छ ।
सह महान्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा गठित छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन आयोगले निर्देशन दिएको छ ।
गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेका बेला आइतबार राति नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातिदिएपछि मतगणना स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्