Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


फागुन १ गते देखि प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन


0
Shares

काठमाडौं । सामाजिक सुरक्षा अन्तर्गत पेन्सनसहितको सामाजिक सुरक्षा कोष लागू गरेको सरकारले वेरोजगारीलाई भत्तासहितको प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न लागेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट यो कार्यक्रमको शुभारम्भको तयारी गरिरहेको हो ।

श्रम मन्त्री गोकर्ण विष्टले सरकारले रोजगारका लागि नै प्राथमिकता दिर्दै वेरोजगार भए भत्तासहितको व्यवस्था गर्न यो कार्यक्रम संचालन गर्न लागिएको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक तयारी समेत पूरा गरिसकेको मन्त्रालयले जनाएको छ ।