मुस्लिम गठबन्धनले भन्यो–‘असार ९ को चुनाव सार, सहभागी हुन सक्दैनौं’ « Image Khabar


मुस्लिम गठबन्धनले भन्यो–‘असार ९ को चुनाव सार, सहभागी हुन सक्दैनौं’


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार १४:१३

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जेठ १३ गतेदेखि असार १२ गतेसम्म मुस्लिम समुदायको एक महिने रमजानको व्रत हुने भन्दै निर्वाचनमा सहभागिताका लागि कठिन हुने जनाएको हो ।

गठबन्धनले रमजान सकिएपछिमात्र निर्वाचनको मिति तय गर्न आग्रहसमेत गरेको छ ।

पत्रकार सम्मेलनमा मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिममियाँ अनसारीले सबै धर्म, जातजाति र समुदायको भावना समेटेर निर्वाचनको मिति तय गर्न आग्रह गरे ।

असार १४ गते निर्वाचनको मिति तय गरिए निर्वाचनमा सहभागी हुन सकिने उनीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्