भरतपुरमा पुनः मतदान हुँदैन, मतगणना सुरु गर : पोखरेल « Image Khabar


भरतपुरमा पुनः मतदान हुँदैन, मतगणना सुरु गर : पोखरेल


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार १६:०२

                                                                                 फाइल फोटो
सो वडामा मतगणनाकाक्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ ।

प्रेस चौतारी चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभइ पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताएका हुन् ।

सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताए ।

उनले मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउँदै मतगणना सुरु गर्नुपर्नेमा जोड दिए ।

भरतपुरमा भएको घटना निन्दनीय रहेको बताउँदै उनले यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गरे । रासस

प्रतिक्रिया दिनुहोस्