
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरुले मंगलबार निर्वाचन आयोग पुगी प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सामूहिकरुपमा भेटेर भरतपुर महानगरपालिकाको विवादित वडामा पुनः मतदान गरिए मान्य नहुने चेतावनी दिएका हुन् ।
भेटमा एमाले शीर्ष नेतृत्वले घटनाबारे कर्मचारीले गरेको छानबिन विश्वसनीय नहुने भन्दै प्रमुख आयुक्त र आयुक्त नै घटनास्थलनमा गएर छानबिन गर्न मागसमेत गरेका छन् ।
छलफलपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मतपत्र कब्जा र नियन्त्रणमा लिइएको भन्दै पुनः मतदान गर्न खोजिए आफूहरुलाई मान्य नहुने बताए ।
एमाले नेताहरुले पुनः मतदान गरिए निर्वाचनको पद्धति नै समाप्त हुने र दोस्रो चरणको निर्वाचनमा नै असरपर्नेमा सचेत गराएको छ ।
एमाले नेताहरुको धारणापछि निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले घटनाप्रति आयोग गम्भीर रहेको भन्दै यसबारे छिट्टै निश्कर्षमा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्