
काठमाडौंको र्याडिसन होटलका सन्चालक तथा कार्यकारी निर्देशक श्रेष्ठको मंगलबार बिहान ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा निधन भएको हो । ६८ वर्षीय श्रेष्ठ क्यान्सबाट पीडित थिए ।
होटल संघ नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् ।
उनको मंगलबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठप्रति उद्योग व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्