योजनाबद्ध तरिकाले भरतपुरमा मतपत्र च्यातियो : ओली « Image Khabar


योजनाबद्ध तरिकाले भरतपुरमा मतपत्र च्यातियो : ओली


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार १९:१८

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको काठमाडौंबाट स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयीसभालाई मंगलबार भृकुटीमन्डपमा सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने–‘आफूले हार्ने भएपछि योजनाबद्धरुपमा वाइसीएल लगाएर मतपत्र च्यातिएको हो, त्यहाँ फेरि निर्वाचन गराउन सम्भव छैन ।’

मुस्लिम धर्मावलम्बीको इदउल–फित्र पर्वका अवसरमा आगामी असार ९ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन एमालेलाई मान्य नहुने उल्लेख गर्दै उनले ‘विशेष पर्व, बर्खाको समय, मतदाता कसरी मतदानस्थलसम्म जाने ? पानीमा मतपत्रको सुरक्षा कसरी गर्ने ?’ भनी प्रश्न गरे ।

अध्यक्ष ओलीले एमालेलाई सरकारको हतारो नभएको र तीनओटै निकायको निर्वाचन सम्पन्न भएपछिमात्र यसबारे सोच्नसक्ने बताउँदै सरकारले प्रदान गर्ने तक्मा र विभूषणलाई पनि अपमान गर्ने कार्य गरेको आरोप लगाए ।

‘नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएर अवकाश लिनुपर्ने अवस्थाको सिर्जना गर्नु ज्यादै दुःखद् कुरा हो’–उनले भने ।

अध्यक्ष ओलीले काठमाडौं महानगरपालिकामा राम्रो काम गर्ने समूह आएको र यसले पाँच वर्षसम्म भ्रष्टाचारको छिटासमेत नलाग्ने गरी सिंगो महानगरको विकास र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले निर्वाचन जितेपछि ठूलो जिम्मेवारी महसुस भएको उल्लेख गर्दै आफूले मतदाताको विश्वास नगुमाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोल्नेबेला नभइ काम गरेर देखाउनेबेला भएको भन्दै उनले काठमाडौंलाई हेर्नमात्र हैन, बस्न लायक सुन्दर सहर बनाउने संल्कप गरे ।

यसअघि, बाजागाजासहित काठमाडौंको न्युरोडगेटबाट सुरु भएको विजयर्‍याली रत्नपार्क हुँदै भृकुटीमन्डपमा आएर विजयसभामा परिणत भएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्