काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स अष्ट्रेलियाको बिग बास लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्समाथि ९४ रनको शानदार जित हासिल गर्दै मेलबर्न अन्तिम चारमा पुगेको हो ।
मेलबर्नले दिएको एक सय ६९ रनको चुनौती पछ्याउने क्रममा सिड्नी १३ ओभर ४ बलमा अलआउट हुँदै ७४ रनमात्र बनाउन सक्यो ।
कसिलो बलिङ गर्ने क्रममा सन्दीपले ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । योसँगै सन्दीपले बिग बासमा ११ विकेट लिएका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको मेलबर्नले ६ विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो ।
कप्तान ग्लेन म्यासवेलले सर्वाधिक ८२ रन बनाएका थिए ।
बिगबासमा हबार्ट हुरिक्यान्स, मेलबर्न रेनेगाडेस् र सिड्नी सिक्सर्स यसअघि नै प्लेअफमा पुगेका थिए ।








प्रतिक्रिया दिनुहोस्