२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बस र ट्रिपर ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु


0
Shares

काठमाडौंबाट झापातर्फ गइरहेको ना ५ ख ६१२३ नम्बरको बस र हेटौंडाबाट चितवन आउँदै गरेको ना ४ ख ८३ नम्बरको ट्रिपर मनहरी गाउँपालिका–६ मा ठोक्किँदा संखुवासभाका २९ वर्षीय शेरबहादुर लाभा र भारत कुलइयाका ३० वर्षीय मोहम्मद साल्लगीको मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।