Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


माथिल्लो त्रिशुली–थ्री ‘बी’ जलविद्युत आयोजनाको मन्त्री पुनद्वारा शिलान्यास


0
Shares

नुवाकोट । नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको शीलान्यास भएको छ ।

ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आज नुवाकोटको किस्पाङ गाउँपालिका ५ मा आयोजनाको शीलान्यास गरेका हुन् ।

कार्यक्रममा मन्त्री पुनले विद्युत आपूर्तीका लागि यो आयोजना महत्वपूर्ण रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

मन्त्री पुनले नेपालमा राजनीतिक संक्रमण सकिएको भन्दै दुई तिहाइको सरकारले नेपालमा लगानीको वातावरण सिर्जना गर्न लगानी सम्मेलनको तयारी सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो त्रिशूली ३ बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए ।

३ वर्ष निर्माण अवधि रहेको आयोजनाको काम २०७७ फागुन महिनामा सम्पन्न गर्नुपर्ने छ ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री एको क्यास्केड आयोजना हो ।

अयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैंया रहेको छ ।