दुबईमा किन्जेल श्रेष्ठले जितिन कराँतेको उपाधि « Image Khabar


दुबईमा किन्जेल श्रेष्ठले जितिन कराँतेको उपाधि


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार ११:५५

युएईको दुबईमा सम्पन्न बुडोकान कराँते २०१७ को उपाधि जितेर किन्जेल श्रेष्ठले देशको शान उच्च बनाएकी हुन् ।

मध्यपुर थिमि नगरपालिका वडा ४ दथुटोल निवासी प्रेम श्रेष्ठकी छोरी किन्जेलले ३० केजी तौल समूहको कराँतेमा प्रथम तथा काता प्रदर्शनमा तृतीय स्थान हासिल गरेकी हुन् ।

विगत केहि समयदेखि उतै बस्दै आएका उनीहरुले खेलकुद क्षेत्रमा काम गर्दै आएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलमा सीमित समयको लागि विदेशिएका उनीहरुको दैनिकी खेलकुदमा नै बित्ने गरेको छ ।

प्रतियोगितामा अन्य ११ जना नेपाली खेलाडीहरुको पनि सहभागिता रहेको थियो । ती खेलाडीहरुले पनि विभिन्न विधामा पदक तथा कप जितेका छन् ।

प्रतियोगितामा यूएई कराँते एण्ड तेक्वान्दो क्लबले नेपाल कराँते संघको स्वीकृतिमा नेपाली खेलाडीहरु सहभागि गराएका थिए ।

कराँते प्रतियोगिता जेठ १३ गते शनिबार संयुक्त अरब ईमरेट्स युएईको दुबईमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्