बाग्लुङमा १२ करोड ८७ लाख बढी राजश्व संकलन

पछिल्लो समयमा कर कार्यालयमा कर नबुझाउने, दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने गरेको पाइएपछि कार्यालयले अनुगमनलाई तिव्रता दिएको हो ।
आर्थिक वर्ष २०७३/७४ को वैशाख मसान्तसम्म बाग्लुङमा ४ सय ७४ पसल तथा व्यवसायीको अनगुमन गरिएको छ ।
जसमध्ये ३ सय ५६ वटा दर्ता भएका र १ सय १८ दर्ता नभएको पाइएको कर दाता सेवा कार्यालय बाग्लुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले जानकारी दिए ।
आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्य भन्दा बढी राजश्व संकन गरेको छ ।
वैसाख मसान्तसम्ममा १० करोड ३७ लाख ५० हजार ८ सय ८४ रुपैया राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा १२ करोड ८७ लाख ९१ हजार ८ सय ४ रुपैयाँ संकलन भएको करदाता सेवा कार्यालय बाग्लुङले जनाएको छ ।