२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संसद बैठक विहीबार दिउँसो बस्नेगरी स्थगित


0
Shares

एमालेको अडानपछि सभामुख ओनसरी घर्तीले बिहीबार दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेकी हुन् ।

बुधबार संसद बैठक सुरु हुनासाथ सभामुखसँग विशेष समय लिएर एमाले सांसद सुरेन्द्र पाण्डेले चितवनको भरतपुर महानगरपालिकामा मतगणना नथालिएसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए ।

बुधबारको संसद बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को राजस्व र ब्ययको अनुमानमाथि छलफल गर्न प्रस्ताव गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो ।