१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अरुले पिठो बेचे, माओवादीले चामल बेच्न सकेन : दाहाल


0
Shares

                                                                                   फाइल फोटो
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वर्तमान सरकारले गरेका समग्र उपलब्धि र प्रगतिबारे संक्षिप्त जानकारी गराउँदै दोस्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेलको सम्भावनाबारे संकेत गरे ।

प्रधानमन्त्री दाहालले स्थानीय तहको पहिलो निर्वाचन, दोस्रो निर्वाचनको तयारी, सत्ता हस्तान्तरण, मतगणनाकोक्रममा भएको चितवन घटना, गणतन्त्र दिवसमा घोषणा गरिएको विभूषणलगायतका विषयमा संक्षिप्त जानकारी गराएको सांसद आशा कोइरालाले जानकारी दिइन् ।

साथै, दोस्रो निर्वाचनको मिति पछाडि धकेल्नुपर्नाको कारण र आगामी दोस्रो चरणको निर्वाचनमा हुनसक्ने चुनावी तालमेलको सम्भावनाकाबारे पनि प्रधानमन्त्री दाहालले संसदीय दललाई जानकारी गराएको उनले बताइन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन आफ्नो नेतृत्वको सरकारबाट हुनु र संघीयता कार्यान्वयको सन्दर्भमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत् गर्नुलाई ठूलो उपलब्धिकारुपमा लिनुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्री दाहालले अन्य राजनीतिक दलहरूले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताए ।

‘माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गरेको छ, यही अवधिमा विद्युत्भार कटौतीको अन्त्य भयो, उज्यालो युगको सुरुआत भयो’–प्रधानमन्त्री दाहालले भने–‘वर्षाैंदेखि रोकिएको १४०० किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ ।’

प्रधानमन्त्रीले आफ्नो सरकारको पालामा महाकालीमा पुल निर्माण गर्ने तयारी गरिरहेको बताउँदै १४ ओटा ठूला सडकसमेत निर्माण गर्ने तयारी गरिएको बताए ।

‘यसै अवधिमा आर्थिक वृद्धिदर ७.५५ पुगेको छ, मूल्यवृद्धि नियन्त्रण भएको छ, इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत् सिंहदरबारको अधिकार गाउँ–नगरमा पुगेको छ’–प्रधानमन्त्री दाहालले भने । रासस