काठमाडौं महागनरपालिकाको निर्णयः वृद्धवृद्धालाई थप भत्ता, नेपाल भाषालाई मान्यता

फाइल फोटो
महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदयअगावै विर्सजन गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।
कामपाका प्रमुख शाक्यकाअनुसार काठमाडौं महानगरको सरकारी कामकाजको भाषाकारुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने निर्णय गरिएको छ ।
संयुक्त राष्ट्रसंघमा नेपालको पहिचानकारुपमा सूचीकृत भएको रञ्जना लिपीलाईसमेत कामपाको सबै वडा कार्यालयको बोर्ड र ‘लेटर प्याड’मा प्रयोग गरिने भएको छ ।
दुई वर्षअघिको भूकम्पबाट पीडित महानगरवासीलाई निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुटको व्यवस्था गरिने महानगरले निर्णय गरेको छ ।
ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरघरमै चिकित्सक पठाइने र काठमाडौं महानगरमा स्थान पहिचान गरी आवश्यक संख्यामा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय पनि गरिएको छ ।
महानगरलाई २४ घन्टा खुला जीवन्त सहरकारुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने पनि प्रमुख शाक्यले जानकारी दिए । रासस