
फाइल फोटो
भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले बिहीबार दोस्रो दिन सदन अवरोध गरेको हो ।
बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
एमालेका सांसदहरु उठेपछि नियमापत्ति गर्दै नेकपा माओवादी केन्द्रका रामनारायण बिँडारीले बोल्न समय माग गरे तर उनले बोल्न पाएनन् ।
विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसदको कारबाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गरिन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत् भरतपुर महानगरपालिकामा केही मतपत्र च्यातिएका नाममा पुनः मतदान नगराइ मतगणना जारी राख्नुपर्ने एमालेको माग छ ।
बिहीबारको बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नेसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । रासस
प्रतिक्रिया दिनुहोस्