एमालेले कांग्रेसलाई उछिन्यो : बिजुक्छे « Image Khabar


एमालेले कांग्रेसलाई उछिन्यो : बिजुक्छे


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार १४:३७

बिहीबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा अध्यक्ष बिजुक्छेले २०१५ सालदेखि नेपाली कांग्रेसले अनावश्यक आश्वासन दिएर जनमतलाई प्रभावित गर्दै आएकोमा योपटक एमालेले कांग्रेसलाई उछिनेको टिप्पणी गरे ।

भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा एमालेले पैसा खर्च गरेर चुनाव जितेको उनको आरोप थियो ।

सरकारले निर्वाचन आचारसंहितको पूर्ण बेवास्ता गरेको भन्दै उनले नीति तथा कार्यक्रम र बजेट ल्याउनु नै आचारसंहिताविपरीत भएको दाबी गरे ।

स्थानीय तहको संख्या थप्ने सरकारी निर्णय गलत भएको भन्दै अध्यक्ष बिजुक्छेले नियतमै खराबी भएका कारण राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चुनावमा आउने सम्भावना कमजोर रहेको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्