
व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा बिहीबार भएको शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
सभामुख घर्तीले राजदूत पुरीको सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
राजदूत पुरीले जनप्रनिधिमूलक संस्थाको नेतृत्व महिलाले सम्हालेकामा बधाइ दिँदै जनस्तरको सम्बन्धलाई बढावा दिन संसद प्रभावकारी हुने बताए । रासस
प्रतिक्रिया दिनुहोस्