२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बहुमतीय सरकार गठनमा देउवा अग्रसर


0
Shares

खासगरी वर्तमान सत्ता गठबन्धनकारी दलहरुले यसको गृहकार्य थालेका हुन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गत वर्ष भएको सत्ता साझेदारीको सहमति अनुरुप नै प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएकाले अब बन्ने सरकार पनि यही गठबन्धनबाट बन्ने करिब निश्चित छ ।

उक्त सहमति अनुरुप नै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन गृहकार्य थालेका छन् । सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समय सकिएसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गरेकी हुन् ।

कांग्रेस र माओवादी केन्द्रबीच दुई दलले पाउने मन्त्रालयका विषयमा भागबन्डाको तयारीसमेत शुरु भइसकेको छ । दुई दलबीच प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय कांग्रेसले लिने र उपप्रधानसहित गृह मन्त्रालय माओवादी केन्द्रले लिने प्रारम्भिक सहमति भएको जनाइएको छ ।

बाँकी मन्त्रालयका सम्बन्धमा भने अहिले कायम रहेको मन्त्रालय नै राख्ने विषयमा छलफल चलिरहेको छ । दुबै दलभित्र मन्त्रीका अकांक्षीहरु शीर्ष नेताहरुकोमा लबिङ गर्न पुगिरहेका छन् ।

गठबन्धन सरकारमा फोरम लोकतान्त्रिक र राप्रपाले पनि सहभागिता जनाउने निश्चितजस्तै बनेको दावी गरिएको छ ।