जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु « Image Khabar


जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार १३:२२

हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ ।

बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा शुक्रबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्