पानी पिउनै नपाएर ४४ जनाको मृत्यु « Image Khabar


पानी पिउनै नपाएर ४४ जनाको मृत्यु


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार १३:३१

निजेरको मरुभूमिमा यात्रारत एक गाडी बिग्रँदा अलपत्र परेका यात्रुको मृत्यु भएको रेडक्रसले जनाएको हो । ६ जनाले भने मरुभूमिबाट नजिक पर्ने दिरकू गाउँ पुगेर आफ्नो ज्यान बचाएका थिए । बच्ने सबै महिला भएको जनाइएको छ ।

प्यासकै कारण मारिनेमा केही बच्चा पनि छन् । घाना र नाइजेरियाका उनीहरु लीबिया जाँदै थिए ।

उद्धारका लागि पुग्न पनि कठीन भएको जनाइएको छ ।

उत्तरी अफ्रिका पुग्नका लागि निजेरका धेरैजसो प्रवासी यही बाटो प्रयोग गर्दछन् भने यही बाटो हुँदै उनीहरु भूमध्य सागर पार गरी यूरोप जाने गर्दछन् । सहारा मरुभूमिको विशाल यस क्षेत्रमा यात्रा गर्ने कति मानिस मारिन्छन् भन्ने यकिन गर्न नै गाह्रो हुने समाचार संस्थाहरुले जनाएका छन् ।

गत वर्ष पनि यही क्षेत्रमा ३४ प्रवासीको शव फेला परेको थियो, जसमा धेरै बच्चा थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्