Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


डिपीएल क्रिकेट सुरु, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्रीको प्रतिवद्धता


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रतिवद्धता जनाएका छन् । 

धनगढी प्रिमियर लिगको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताए ।

फाप्लालाई नमुना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मुख्यमन्त्री भट्टले त्यसका लागि प्रकृया अगाडि बढेको बताए ।

मुख्यमन्त्री भट्टले फाप्ला क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारले यो वर्ष ५ करोड रुपैयाँ विनियोजक गरेको बताए ।

निजी र सरकारी लगानीमा फाप्लालाई नेपालकै नमूना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने लक्ष्य रहेको उनले बताए ।

धनगढी  प्रिमियर लिगको उद्घाटन आज गरिए पनि खेल भने आगामी सोमबारबाट मात्रै सुरु हुने छन् ।

कार्यक्रममा क्रिकेटमा योगदान पुर्‍याएका २ खेलाडीलाई सम्मान पनि गरिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट नेपाललाई पुर्‍याएको योगदानको कदर गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी तथा कप्तान पवन अग्रवाल र सुनोज भट्टराईलाई १ लाख रुपैयाँसहित सम्मान गरिएको हो ।