
यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेबाट सासू दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।
अहिले बुहारी चुनाव प्रचार–पसारमा हिँडिरहेकी छन् । ‘एउटै घरमा तीन/चारओटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू–बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौं’–सीताले भनिन् ।
एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि आफूहरुबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउँछिन् । रासस
प्रतिक्रिया दिनुहोस्