Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ग्रील तथा स्टील व्यवसायीलाई सरकारले उपेक्षा गरेको गुनासो


0
Shares

काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरुले सरकारले उपेक्षित व्यवहार गरेको भन्दै गुनासो गरेका छन् ।

शनिबार राजधानीमा सम्पन्न ग्रील व्यवसायी महासंघको २४औं वार्षिक साधारण सभामा उनीहरुले यस व्यवसायलाई सरकारले वैधानिकता नदिएको, कर तिर्न तयार हुँदा पनि व्यवसायीक वातावरण नबनाइएदिएको गुनासो गरेका हुन् ।

महासंघका अध्यक्ष मोहन कटुवालले सरकारले यस पेसालाई वैधानिकता प्रदान गरे मात्र पनि आफुहरुलाई सहज हुने बताए ।

उनले सीप नभएकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको भन्दै यसले व्यवसायनै संकटमा परेको पनि गुनासो गरे ।

महासंघले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि आफूहरुलाई सहयोग नगरेको गुनासो गरेका छन् ।

स्टील तथा ग्रील व्यवसाय निर्यातमुखी व्यवसाय भएपनि सरकारले वास्ता नगरेको उनीहरुको भनाई छ ।