Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


अनुदान रकम दिन उखु किसानको एकहप्ते अल्टिमेटम


0
Shares

प्रकाश मैनाली/ईमेज:

सर्लाही । उखु किसानले एक साताभित्र सरकारी अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सरकारले उखु बिक्री बापत गत आर्थिक वर्ष २०७४÷०७५ मा प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेपनि किसानले अझै पाउन सकेका छैनन् ।

शनिबार सर्लाहीको हरिवनमा बसेको नेपाल उखु उत्पादक महासंघको बैठकले अनुदान रकम उपलब्ध गराउन सरकारलाई एक साताको अल्टिमेटम दिएको हो ।

सो अवधीभित्र पनि अनुदान रकम नपाए चरणवद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

बैठकले सरकारले निर्धारण गरेको मूल्य अनुसार अघिल्लो वर्षकै केही चिनी उद्योगीहरुले किसानको भुक्तानी दिन बाँकी रहेकाले सो भुक्तानी पनि एक हप्ताभित्रै हुनुपर्ने माग गरेको छ ।