२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


जलवायु परिवर्तन नियन्त्रण प्रयास रोकिन हुँदैन : राष्ट्रसंघ महासचिव


0
Shares

राष्ट्रसंघका महासचिवको यो धारणा अमेरिकाले सम्झौताबाट बाहिरिने निर्णय लिएपछि आएको हो ।

‘जलवायु परिवर्तन नियन्त्रण प्रयासमा गरिएको पेरिस सम्झौता कसैैले पनि अस्वीकार गर्न नसकिने विषय हो,’ गुटेर्रेसले सेन्ट पेटर्सवर्गमा भइरहेको सम्मेलनको क्रममा सहभागी हुने शिलशीलामा गर्दा सञ्चारकर्मीसँग बताए । ‘जलवायु परिवर्तन वर्तमान विश्व र पृथ्वीको भविष्यका लागि सबैभन्दा ठूलो चूनौती हो,’ उहनले थपे ।

‘जलवायु परिवर्तनबाट हुने प्रभावलाई न्यूनिकरण गर्न गरिएको प्रयास अवरुद्ध गर्न नसकिने कार्य हुन् र मैले विश्वका सबैराष्ट्रका सरकारलाई यो बाटोमा अडिग रहन आग्रह गर्छु,’ महासचिव गुटेर्रेसले भने ।

हामी सबैको फइदाको लागि पेरिस सम्झौताको कार्यान्वयन गर्न सबै प्रतिवद्ध रहनुपर्न, राष्ट्रसंघ महासचिवले बताउए ।

महासचिव गुटेर्रेसले अमेरिकी राज्य, शहर व्यवसायिक समुदाय, नागरिक समाज सबै आ–आफ्नो ठाउँबाट हरित अर्थतन्त्रका लागि प्रयासरत रहनेमा आपूm पूर्ण विश्वस्त रहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै दोस्रो ठूलो कार्वन उत्सर्जन गर्ने राष्ट्र अमेरिकालाई सन् २०१५ मा फ्रान्सको राजधानीमा भएको पेरिस सम्झौताबाट बाहिरिने भनी दिएको निर्णयबाट विश्वका नेताहरु चिन्तित बनेका गुटेर्रेसको भनाई थियो ।

सो अवसरमा जर्मन चान्सलर एन्गेला मर्केल, फ्रान्सको राष्ट्रपति इम्यानुएल म्याक्रोँको लगायतका विश्व नेताहरुले ट्रम्पको निर्णयलाई गलत भन्दै पृथ्वीको भविष्यका लागि पेरिस सम्झौतालाई कार्यान्वयनमा ल्याउने बताए । रासस÷एएफपी