२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जोकोविच फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश


0
Shares

बिना वरियताका अजेन्टिनी खेलाडी डिएगो स्वार्ट्ज्म्यानलाई तेस्रो चरणमा हराउँदै जोकोविचले चौथो चरणमा स्थान बनाएका हुन् ।

दोस्रो वरियताका साविक विजेता सर्बियाली जोकोविचले जितका लागि भने निकै संघर्ष गर्नुपर्‍यो ।

उनले स्वार्टज्म्यानलाई ५–७, ६–३, ३–६, ६–१ र ६–१ को सेटमा हराएका हुन् । चौथो चरणमा जोकोविचले स्पेनका अल्बर्ट रामोस–विनोलससँग प्रतिस्पर्धा गर्ने छन् ।

अल्बर्टले फ्रान्सका लुकास पोयुलेलाई हराएर चौथो चरणमा स्थान बनाएका हुन् ।