अमेरिकी रक्षामन्त्रीले दिए चीनलाई यस्तो चेतावनी « Image Khabar


अमेरिकी रक्षामन्त्रीले दिए चीनलाई यस्तो चेतावनी


Imagekhabar
२० जेष्ठ २०७४, शनिबार १२:३२

सिंगापुरमा सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै माटिसले सैनिकीकरणले क्षेत्रीयता स्थिरतालाई खलल पु¥याउने बताएका छन् ।

चीनले आफ्नो भूभाग भएको दाबी गर्दै आएको उक्त खनिज स्रोत सम्पन्न भूभागलाई अरु मुलुकले पनि आफ्नो दाबी छोडेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने दक्षिण चिनियाँ समुद्रमा आफ्नो चासो रक्षा गर्ने दृढता व्यक्त गर्दै आएका छन् ।

सिंगापुर सम्मेलनमा अमेरिकी विदेशमन्त्री माटिसले उत्तर कोरियाको मिसाइल र आणविक गतिविधि नियन्त्रणलाई लागि चीनले खेलेको भूमिकाको भने सराहना गरे ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथिको प्रतिबन्ध बढाएको केही समय पछि नै अमेरिकी विदेशमन्त्रीको यस्तो भनाई आएको हो ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धलाई बेवास्ता गर्दै मिसाइल परिक्षण जारी राखेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्