२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


४२ वर्षलाई २४ बनाइ उमेर ढाँटेर कक्षा १२ को ‘बोर्ड टपर’ भएपछि…


0
Shares

उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

गणेश कुमार नामका ती विद्यार्थीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहार प्रदेश मै सबैभन्दा धेरै अंक ल्याएका थिए । दुई सन्तानका बाबुसमेत रहेका उनले आफ्नो उमेर ४२ वर्ष भएपनि ढाँटेर २४ बनाएको अभियोग लगाइएको छ ।

‘उनले विहार विद्यालय परीक्षा बोर्डमा आफ्नो उमेर ढाँटेर दुरुपयोग गरेको पाइएको छ,’ एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार (आज) भने ।

बोर्डका अध्यक्ष आनन्दकिशोरले सञ्चारकर्मीहरुसँग भने,–‘कुमार, जो कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंक ल्याएका थिए, उनको उमेरकाबारेमा टिप्पणी गर्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।’ रासस/सिन्ह्वा