
काठमाडौं । गायक, रचनाकार तथा रेडियोकर्मी कृष्ण समिप सुवेदीले पश्चिमेली लोकलयलाई पूर्वेली भाकामा सजाएर नयाँ गीत ‘सिरुपाते खुकुरी’ सार्वजनिक गरेका छन् ।
सुवेदीकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको गीतमा सिरुपाते खुकुरी प्रेमी–प्रमिका मायाको उपहारका रुपमा आदनप्रदान गर्न प्रेरित गरिएको छ । गीतले माया प्रेम र देशप्रमलाई उच्च सम्मान दिइएको छ ।
गीतमा सुवेदीलाई आवाजमा एनके खत्री र मनिषा पोख्रेलले साथ दिएका छन् । गीतको म्युजिक भिडियोको निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन् भने दिपेन्द्र,एनके खत्री र रेनु लामाको अभिनय रहेको छ । गीतमा पश्चिमेली र पूर्वेली लोकभाकाको संयोजन सुन्न र देख्न पाइन्छ ।
पश्चिमेली लयमा पूर्वको चण्डी धुनलाई रोमान्टिक रुपमा प्रश्तुत गरिएको छ । गीतमा नालापानी देखि कालापानीसम्म र टिस्टा देखि काँगडा सम्म लडेका वीर नेपालीले प्रयोग गरेको सिरुपाते खुकुरीको चर्चा गरिएको छ
आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक भएको म्यूजिक भिडियोमा पूर्व र पश्चिमको गीत संगीतलाई एकशुत्रमा बाँध्ने प्रयास गरिएको गायक कृष्ण समिप सुवेदीले जानकारी दिए ।
१० वटा एल्बम र २ स ५० बढी गीतमा आफ्नो भूमिका निर्वाह गरिसकेका कृष्ण २०६० सालमै रेडियो नेपालमा स्वर परीक्षा पास गरेर संगीतयात्राको थालनी गरेका हुन् ।
सुवेदीको केही समयअघि मात्रै नायक दिलिप रायमाझीको अभिनय सहित तरकारी काउली बोलको गीत सार्वजनिक भएको थियो । उनका गीतहरुमा भूगोल, माया प्रेम र राष्ट्रप्रेमलाई स्थान दिने गरिएको छ ।
कृष्णका ‘सिरसिर बतास’, ‘कोरिया जाने चक्करमा’, ‘सालको पात दोब्राएर पानी खाउँला’, ‘जोर बत्ती’, ‘सिमली छायां’, ‘मनको तीर्खा मेट्न’ आदी उनका चल्तीका गीत हुन ।
“
प्रतिक्रिया दिनुहोस्