एनआरएन अष्ट्रेलियाको अध्यक्षमा ‘नायक’ शाहको उम्मेदवारी « Image Khabar


एनआरएन अष्ट्रेलियाको अध्यक्षमा ‘नायक’ शाहको उम्मेदवारी


Imagekhabar
२० जेष्ठ २०७४, शनिबार १७:१६

यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

गतवर्ष नेपाल सरकारले उनलार्ई अष्ट्रेलियाको क्विन्सल्यान्ड सहरका लागि पर्यटनदूत नियुक्ति गरेको थियो ।

रासससँग कुरा गर्दै शाहले भने–‘मैले तीन कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेपछि अध्यक्षमा मेरो दाबेदारी स्वभाविक हो, म निर्विरोध निर्वाचित हुन्छु ।’

शाहले अस्ट्रेलियमा रहेका नेपालीको समस्या समाधान र हितका लागि काम गर्ने तथा नेपालमा पर्यटक र विदेशी लगानी भित्र्याउने आफ्नो प्रमुख कार्यसूची रहेको पनि बताए ।

अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमिसँग सामाजिक र सांस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्न आफ्नो विशेष ध्यान केन्द्रित हुने उनले बताए ।

एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि असार २४ गते अधिवेशन हुँदैछ । उनले अस्ट्रेलियामा शिक्षा, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा लगानी गरिरहेका छन् ।

फेसबुक, मेरो भ्यालेन्टाइन लगायतका नेपाली चलचित्रमा समेत उनले नायकको रुपमा अभिनय गरेका छन् ।

अस्टे«लियामा करिब एक लाख नेपाली रहेको अनुमान गरिएपनि करिब नौ हजारले मात्रै एनआरएनको सदस्यता लिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्