
शनिबार राजधानीमा एक कार्यक्रम गरी केटीएमले ‘आरसी ३९०’, ‘आरसी २००’, ‘३९० डुक’, ‘२५० डुक’ र ‘२०० डुक’ सार्वजनिक गरेको हो ।
मोटरसाइकलका पारखीहरुलाई लक्षित गरेर केटीएम बाइकको नयाँ मोडलमा विभिन्न परिवर्तन ल्याएको जानकारी कम्पनीले दिएको हो ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले केटीएम बाइकको पार्टपूर्जा सहज तरिकाले शुलभ मूल्यमा नेपालभरि उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए ।
कम्पनीले ल्याएको केटीएम आरसीको मूल्य ६ लाख ९० हजार रुपैयाँ, आरसी २०० को मूल्य ५ लाख ३० हजार, ‘३९० डुकको मूल्य ७ लाख, ‘२५० डुकको मूल्य ५ लाख ३५ हजार, २०० डुकको मूल्य ४ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्