Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


ललितपुरको इमाडोलमा मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


0
Shares

पाटन हार्ट क्लिनिकको प्राविधिक सहयोग र महिला तथा बालबालिका कार्यालय ललितपुरको सहकार्यमा मुदिता सेवागृहले मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा २०० भन्दा बढि जेष्ठ नागरिक, एकल महिला तथा अनाथ असहाय बालबालिकाको मुटु परिक्षण गरिएको थियो ।

महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित मेयर रामेश्वर श्रेष्ठले अनुभवप्राप्त संस्थाहरुसँग सहकार्य गरेर विभिन्न स्वास्थ्य शिविरमार्फत जनस्वास्थ्य सुधारकालागि पहल गर्ने योजना बनाएको बताए ।

सेवागृहका अध्यक्ष राज्यलक्ष्मी बज्राचार्यले समुदायको स्वास्थ्य तथा शारिरीक समस्यालाई सम्बोधन गर्न मुटुरोगसम्बन्धि स्वास्थ्यबारे जनचेतना फैलाउन शिविर आयोजना गरिएकोे बताइन् ।

उनले भनिन्, ‘शहरमा उच्च रक्तचाप तथा मधुमेहरोगका कारण निम्तिने मुटुरोगको समस्या समाधान गर्न स्थानीय तहमै विशेषज्ञहरुबाट निःशुल्क मुटु स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेका हाँै ।’

शिविरमा ईसिजी, मधुमेहलगायत मुटुसम्बन्धि परिक्षण निशुल्क गरिएको थियो । साथै विशेष छुटमा अल्ट्रासाउण्ड, बोसो, कलेजो, मृगौला सम्बन्धित ऐच्छिक रगत परीक्षण र इकोकार्डियोग्राफी परिक्षणसमेत गरिएको थियो ।