१६ फाल्गुन २०८०, बुधबार | Thu Feb 29 2024


खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु


0
Shares

बिराज रोस्यारा

कैलाली, असार २० । कैलालीको गौरीगंगा नगरपालिकामा खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्बर ११ शिवपुरको स्थानीय खोलामा नुहाउने क्रममा मंगलबार साँझ दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवपुरका हर्क भुलका ८ वर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ वर्षका छोरा अमन चौधरी छन् ।

स्थानीय कटैनी खोलामा साथीहरुसँग नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले करीब १ घन्टापछि शव फेला पारेको थियो । बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको बताइएको छ ।

दुवै बालकको शब पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय मसुरियाले जानकारी दिएको छ ।