२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दूरदृष्टि राख्ने संसारकै एकसय प्रमुख व्यक्तिमा नेपालका डा. सन्दुक रुइत पनि


0
Shares

डा. रुइतले उक्त मनोनयनलाई स्वीकार गरेका छन् । आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षतावाद सिद्धान्तको सय वर्ष पुगेको उपलक्ष्यमा आगामी पुस्ताका प्रतिभाशाली मस्तिष्कलाई प्रेरित गर्न फाउन्डेसनले यस्तो पहल गरेको हो ।

फाउन्डेसनका अनुसार मनोनित व्यक्तित्वहरुले आफ्नो दूरदृष्टि परिकल्पना ‘त्रिआयाम’मा प्रकाशित पुस्तकका माध्यमबाट विश्वभर सार्वजनिक गर्नेछन् ।

फाउन्डेसनले डा. रुइतसँगसमेत उक्त पुस्तकका लागि २ सय ५० शब्दमा आफ्नो विचार प्रेषित गर्न आग्रह गरेको छ ।