२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाको विजयी सुरुवात


0
Shares

लण्डनको दि ओभल क्रिकेट मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ९६ रनले विजयी भयो ।

खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । उसका लागि हसिम अमलाले १ सय ३ रन तथा फाफ डु प्लेसीसले ७५ रन जोडे ।

जवाफमा ३ सय रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४२ औं ओभरमा अलआउट हुनुपूर्व २ सय ३ रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि उपुल थरंगाले ५७ रन तथा कुसल परेराले अजिवित ४४ रनको योगदान दिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान भिड्नेछन् ।